फोहोरको थुप्रो बाट आज एउटी परी निक्ली
गनाउदै अन्कनाउदै लजाउदै एउटी परी निक्ली
कतिले गिज्याउथे कतिले हीकाउथे
तर जे भए पनि आज फोहोरको थुप्रो बाट एउटी परी निक्ली ॥
रोइन चिच्याईन कराईन मानिस बाट धेरै डरकईन्
यस्तो हालत उनको मानिसलेनै गरेको भन्दै बरबरती आसु बहराईन
कतिले लुटॆ रे कतिले कुटे रे जिन्दगीका सपनाहरु सबै टुटेरे
तर जे भए पनि आज फोहोरको थुप्रो बाट एउटी परी निक्ली ॥
0 Comments