सून्दरतामा सजिएको एउटा हिराको टुक्रा देखे.
झिलीमिली  झल्किएको एउटा हिराको टुक्रा देखे.
प्रकास फैलाइ रहेको , शान्त संग बसीरहेको
आफैमा लोभलाग्दो एउटा हिराको टुक्रा देखे
मुसुमुसु मुस्कुराउदै , छड्के नजरले हेर्दै

सुन्दरताको उपाहार एउटा हिराको टुक्रा देखे
धिपधिप बलेको चन्द्रमुखि मुहार उनको
कोरीबाटी चिटिक्कै   एउटा हिराको टुक्रा देखे
हेराइमा जादु थियो उनको बोलीमा संगित
लैा न म लठ्टै हुने गरी एउटा हिराको टुक्रा देखे
सून्दरतामा सजिएको एउटा हिराको टुक्रा देखे.
झिलीमिली  झल्किएको एउटा हिराको टुक्रा देखे.