हार्दीक समवेदना

जन्म: 1985-08-02(BS)          स्व. नारायण प्र. गजुरेल            निधनः 2067-12-2(BS)

कोशी अञ्चल तेरथुम जिल्ला जलजले गा.वि.स. वर्डा नं. ५ मैनतप्पा मा  पिता धर्मानन्द गजुरेल र माता तुलसा गजुरेलका जेठा छोराको रुपमा
१९८५ साल मंसिर ०२ गते बुधवार जन्मनु भएका नारायण प्र. गजुरेल को सोही जिल्ला ओयाक्जुङ्ग गा.वि.स. निवासी पिता लिलानाथ दाहाल तथा माता कौशिला दाहाल कि माइली छोरी नर्वदा देवी दाहाल संग वि.स. १९९८ साल मा विवाह भयो ।  जिवन यापनको क्रममा जन्म स्थान छाडी २०१८ साल मा भारतको आसाम राज्यको सदीया वरगडा मा बसाइ सराई जानु भई २०३० मा पुनः नेपाल आई झिलझिले  दमक-१८ हुदै २०३० साल देखी लखानपुर १ सावित्रा चौक झापामा स्थाई वसोवास गर्दै आउनु भएका नारायण प्रसाद गजुरेल को आफ्नै निवास लखनपुर १ सावित्रा चौक झापामा ८३ वर्षको उमेरमा २०६७ साल चैत २८ गते बुधवार बेलुका ५:५० मिनेटमा निधन भयो ।

   वहाँका छोरा र बुहारीहरु ( बलराम+गिता, टंक प्र.+शोभा,  रामचन्द्र+निर्मला, गोपीकृष्ण+विद्या, हरि प्र.+बसुन्धरा, र टिकाराम+सिता) छन भने छोरीज्वाई लक्ष्मी+भवानी प्र. घिमिरे, मैया देवी+विष्णु प्र. पोखरेल हुन . वहाँका १२ नाती ७ नातीनी ४ पनाती र ५ पनातीनी रहेका छन ।

 मेरा हजुरबुवा स्व. नारायण प्र. गजुरेलको आत्मा को चिर शान्ती को कामना गर्दै शोक सन्तप्त परिवार मा हार्दिक समबेदना प्रकट गर्दछु ।


2068-01-02(BS) 2011-April-15