मिति:  06 साउन  2070

ज बन्द,  नेपाल बन्द कि  उप्त्यका बन्दथाहै भएन, सुटिङ मा जसरि भए नि जानु पर्ने,  डराउदै मनमा उत्साह हुदै कही अबरोध परिने हो कि  .... थानकोट पुगिएको, ......हुसु लागेको छ गाडिको रफ्तार बबाल छ,  ल बन्द बाल मतलम..... सालाङ्गघाट मा खाना खाएर लागियो खाना चित्तबुझ्दो थिएन,
10:23 मा मुग्लिन कटियो त्रिसुलि धमिलो थियो
अफ कस्तो गर्मी गर्मिको बानियाले हटेपछि,

लगभग पोखराबाट 2:30 मा गन्तव्य त्रफ लागियो  पानिमा रुझ्दै लास्टो भिज्दै ....    ल कम्पुटर पनि मज्जाले भिजो चल्छ चल्दैन थाहा छैन, भोलि मात्र चेक गर्छु अहिले गलेर लोत भएको छु,
आमासमुहको भवनमा छौ सबै जाना, तातो चियाले केही राहत दिएको छ,  लगभग 20 जानाको टोली छ हाम्रो, 
आमासमुहले खाना खुवाए पछि हामि ८ जाना समुह बामएर सुत्न लागिम, दिउसको थकान ले निन्द्रा लागि रह्कछ,.....


मिति 07 साउन 2070

आज गुरु पुर्णिमा, मेरा साम्पुण गुरुहरुलाई सम्झना,  पानि परि रहेछ, सुटिङ सुरु हुने बेलामा फुन आाम्छ भनेर कुरी रहेछु .....
शुभमुहरत हुसु ले निउ खोजि रहे
खाना खाने समय ढिलो भएकोल लास्टै भोक लागि
रहेछ, , ल लन्स ब्रेक, मज्जाले खाना खाने अब,
लगभग अहिले घामले साथ दिईरहेको छ
खाना खाए पछि गाउले बैनिहरु द्वारा नृत्य ले दिउसो को थकान मेटायो  सुत्न ढिलो भएको कारण अब सुत्ने तरखरमा,

दिन 3 ,
बिहानै बिहानै उठेर चिसो धाराको पानिले मुख धुनी अनि भएजति सबै क्ररिम मुखमा दल्नु, ........ आम बिहानै कम्पुटर खोलेर, नास्ता अनि चिया लिएर कम्पुटरमा बसेको छु,
दिनै यस्तो हो किन सुटिङ अगि बढिरहेको छैन, भाषा को फिलिम गर्दा अलि अलि अफ्ठ्यारो अलि अलि रमाईलो हुने रहेछ.
दिउँसोको घाम पनि कति चर्को हो? अफफफफ कस्तो पोलेको  घाम नहुँदा पनि नहुने हुदाँ पनि पोल्ने, कस्तो गार्हो,
थकान ले निन्द्रा लागि रहेछ.        
 दिन 4

बिहानै उठेर कम्पुटरमा बसे. लगभग ३ सिन जति  ईडिट  गरे पछि बिजुली गयो,   एक पटक चिया पिएर  सुटिङ स्पर्ट मा गए, धनमान र मैतलाल चिया मा चिनिको बिसयमा सुटिङ  हुदै रहेछ, , सुटिङ को स्पिट कम भई रहेछ, 
अहिले खाना खाने समय भयो,  भात,  लु र चनाको सब्जी, अनि खुर्सानी को बाट्टे ..............
पानि मज्जाले पर्दै छ, बेलुकाको खाना खाने समय भयो भर्खर चिसो पानिले नुहाएर आए, फुरुङ्ग भएको छ जिउ, अनि जाडो पनि,


दिन-5

बिहानै बाट बिजि भयो आजको दिन, ईन्डोर सिने, त्यस माथि लोडसेडिङ को सम्सया, .... लेख्न पनि नभ्याउने समय ... टेक 6-7-8-9-...... यस्तै छ आजकालको दिनचर्या,  १२ बजे तिर खाना खाएर गित को सुटिङमा लागिएक मैसम र टेकले धेरै गीत गर्न भ्याईएन, नास्तामा बिस्कुट र चिया लिएर घाममा नै बिताईयो दिन, फुटो क्लब, ट्रली मा बसेर ब्यालेन्स मिलाउने हानि फुटेज कपि ......... दिनभरिको थकानले लखतरान .. बेलुका स्थानिय दिदिबहिनीले दोहोरी गाउने भन्दै थिए हामी टेक्निसियन लागिसमेत सुत्न. ..
दिन 6,
ल दस बजे छ. राति फिदिम देखाएर सुत्न लगभग 12 बजेको थियो, गाउलेले हरुलाई पुण्टे साहिला देखाएर सुतेको हिजो बेलुका... लगभग कम्पुटरमा नै बित्दै छ यो दिन, गीतको सुटीङले गर्दा सिन सकिएको छैन, म खाली समयलाइ सदुपयोग गर्दै इडिट गर्दै छु । यो ठाउमा जुका बेश्सरी लाग्ने रहिछ । हुनत जुकाले नराम्रो खुन मात्र पिउछ भन्छन तर राम्रो नराम्रो जे भए पनि अफ्नो खुन पिउन दिन मन नलाग्दो रहेछ । अनि अर्को कुरा यस ठाउमा बस्न्ती नामक एक बाइक छ जसले पेट्रोल हालेर चलाए पनि हुने । कस्को हो भन्ने कुरा पनि थाहा नभएको .....
यो ठाउमा बिहान जाडो हुने अनि दिउसो गर्मी अनि पानी पर्ने रहेछ, जतिबेला पनि धुमम रहने यस भेगमा पानी त्यती मिठो छैन ।

दिन - 7

 2 दिन देखी ईडिटमा बसेको  बाहिरको कुरा थाहा छैन. मेन्टल्ली टायड

दिन 8 .


 हुन त हामी आएको 9 दिन भयो  आज मलामी गईयो, धनमान दाइको मृत्यू पछि गुरुङ संस्कृति  अनुसार  दाशास्सकार गरियो,  दुख लाग्यो, छोरिहरु खानसँग र चिउना रोएको त देख्न सकिन, मौन थिए । .... यो फिलिमको दृश्य हो । कल्चर कै हिसाबले यो लाइभ रेकड गरियो । बास्तबिक लामाहरू, मलामि अनि मनत्रहरू.... मात्र फिलिमका कलाकारहरू तिनिहरूका अभिनय गर्दै थिए अन्य ब्यक्तीहरू बास्तबिक मन्त्र, बिधि गर्दै थिए।  
बिहान ९ बजे देखी सुरू भएको सिन २ बजे मात्र सकियो । खाना खाएर हामी अधा घण्टा आराम गरे पछी लाइभ गित सुटीङ गरिम हामीले सिनअनुसार यो गित राती हुनुपर्ने तर बिघुत र मैसमका कारण दिनमा नै सुटीङ गरियो ।


प्रकृति संग कस्ले पो जित्छ र , यहाँ त्यस्तै भयो, दुई दिन बाट लोडसेडिङ  अनि अबिरल बर्षमा, कुहिरोले,......
बल्ल बल्ल चार्ज गरेर सम्झना हरु लेख्दै छु, थकान, अनि गाउमा भोज, निन्दा लागि रहेछ.  

दिन १०

गित सुटिङमा बिजुलीको कारण अधादिन बाट नै बिजुली गयो अनि बाकी दिन भलिबल खेलेर बिताइयो ।
बेलुका गाउका साथिहरू र हाम्रो टिमको साथि मिलेर बेट्रि र ल्यपटप चार्ज को लागी अर्को गाउमा लागे ।
बिहान मैसमले साथ दिएन लगभग १ण बजे देखी मात्र सुटीङ सुरू भयो अनि २  बजे खाना  खाना पछी एकैछीन मा पानी पर्न सुरू गर्यो । यो मैसममा सुटीङ गर्दा पानीले निक्कै सताउने गर्दो रहेछ ।

दिन -११

अज फाइट सुटिङ हुदै छ। म कम्पुटरमा छु, फुटेजहरू चेक गर्दै...  टेबलमा चियाको गिलास छ एउटा हात माउसमा एउटा किबोडमा अलिक बोर फिल भइ रहेछ । बेलुका परेको पानी अनि हिलो बाटो त्यस माथि जुका लाग्ने। पानी फिल्टर हुदै छ । धाराको पानी धमीलो अइरहेछ । पानीको मुहानमा हिजोको बर्षाले गर्दा धमीलो अएको रे यहाँ सुनेको ।

 दिन 13

बिदाई
पानि पर्दै छ, मानिसहरू भेला भएका छन, कसैको हातमा माला, कसैको हातमा फु, कसैको हातमा अबिर, ......
अनुहार नेस्रो छ, बिदाई को समय यस्तै हुन्छ,  गाउ मा सुटिङ सकियो  अब सबैजाना काठमाडौ  अनि पोखरा फर्कने समय खाएको छ, बिहान मौसम ले कता कता जिस्काईरहेको छ, गाउँबाट बिदाईको समयमा कतिकोअनुहार मा हासो अनि कतिको रुन्चे अनुहार कता कता नरमाईलो, फेरि फेरि भेट हुन्छ कि हुदैन,  थाहा छैन,  कता कता मनमा उमंगका पनि भरिएर आएको अनुभवबाट भई रहेछ, नेटबाट टाढा हुँदाको अनुभब , कती बेला काठमाण्डै पुगेर अपडेट गरू.......

हराएको मेमोरी फेला पर्यो, यो पोष्ट जुन ट्याब मा टाइप भएको थियो त्यस् संस्कार भै सक्यो, मेमोरी भेट्टाएपछी यो पोष्टेको ..


मिति:  १८ साउन  2070 , स्थानः बार्चोक, कास्की