हिन्दुहरूको दोस्रो माहान चाड तिहार( दिपावली) को उपलक्षयमा याहाँहरू सबैलाइ धेरै धेरै शुभकामना,
बगैचाको फुल जस्तै,सधैं भरी फुली रहनु ! दिपावलिको दियो जस्तै, सधैं भरी चम्की रहनु । खु:शी र उमङ्ग्ले भरि दियोस् मन , नयाँ इच्छा र आकाङ्छाहरुले,सगरमाथाको शिखर चुमी रहोस् ,
साथै माता लक्ष्मी ले हामि नेपाली लाइ युरोप, अमेरीका जस्था बिकसित राष्ट्रहरूमा काम गर्न हैन छुट्टी मनाउन जान सक्ने बनाइदिउन, नेपालमा स्थाइ शान्ती छाओस, सबै नेपालीहरूले एक अर्कामा बिश्वास र भरोसा राखुन , बिश्वकै सबैभन्दा धनी देश बनोस नेपाल, माता लक्ष्मी संग यस पाली यिनै कुराहरू मायेको छु,
ल यो गितको भाका संगै देउसी खेल्ने हैन त ????
आहै भनभन भाइ हो, “देउसुरे”
आहै सोर मिलाइ भन, “देउसुरे”
झिलिमिली झिलिमिली, “देउसुरे”
भइलीनी आयैा आगन बडारी कुराडी राखन, …….
5 Comments
आहा! पुरै ब्लग नै तिहारमय बनाउनु भएको रहेछ । देउसी भैलौ र ब्यानरमा रहेको दियो र झिलीमिलीले साँच्चै तिहार आएको आभाष दियो ।
ReplyDeleteदिपावलीको हार्दिक मंगलमय शुभकामना !
भोको नहोस् कुनै पेट,
ReplyDeleteकुनै आङ नांगो नहोस् ।
नयाँ नेपालको हाम्रो सपना,
कुकुरको पुच्छरझै बांगो नहोस् ।
नभिजुन् आँसुले परेलीहरू,
गर्न नपरोस् अप्ठेरोको सामना ।
सुखद् रहोस् जीवन सबैको,
यही छ शुभकामना ।
दिपावलीको हार्दिक मंगलमय शुभकामना !
ReplyDeleteउमेशजी र यो ब्लगका सबै पाठकहरुमा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना !!
ReplyDeleteशुभ दीपावली २०६६ को पावन अवसरमा यहांको जीवनमा सधैं सुख, सफलता र समृद्धिको उज्यालो छाइरहोस् मेरो हार्दिक मंगलमय शुभकामना ...
ReplyDelete